प्रदेश प्रमुख शर्मालाई मुख्यन्यायधिवक्ताको वार्षिक प्रतिवेदन

हेटौंडा, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्यन्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाएका छन् ।

ADVERTISEMENT

प्रदेश प्रमुख शर्मासमक्ष गत आर्थिक वर्ष २०७९र०८० मा मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश कार्यालयले गरेका कामको विवरण समेटिएको प्रतिवेदन बुझाइएको हो ।

मुख्य न्यायाधिवक्ता नेपालले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवाको शर्त सम्बन्धी ऐन, २०७५ को दफा ११ बमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले गत आवमा सम्पादन गरेको काम कारवाहीहरु समेटेर तयार गरिएको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

ADVERTISEMENT

प्रतिवेदन बुझ्दै प्रमुख शर्माले मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत् सरकारको प्रतिरक्षाका लागि गरिएको कामकारवाहीको चर्चा गरे ।

उनले आगामी दिनमाख पनि प्रदेश सरकारका लागि आवश्यक न्याय सम्पादनको कार्यमा दत्तचित्त भएर मुख्य न्यायाधिवक्ताको कार्यालय लागिपर्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya