पाठ्यक्रम, पाठ्यसामग्री एवम् मूल्याङ्कन पद्धतिको प्रवोधिकरण कार्यक्रम सम्पन्न

हेटौंडा, २६ असार/निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले पाठ्यक्रम, पाठ्यसामग्री एवम् मूल्याङ्कन पद्धतिको प्रवोधिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । हेटौंडाको बालजागृति इंग्लिस बोर्डिङ स्कूलमा भएको कार्यक्रममा कक्षा ४ र ७ मा गणित, विज्ञान, सामाजिक अध्ययन र अङ्ग्रेजी विषय सम्बन्धी पाठ्यक्रम, पाठ्यसामग्री एवम् मूल्याङ्कनको विषयमा छलफल भएको थियो ।

नेपाल सरकारले नयाँ पाठ्यक्रम लागू गरेसँगै विद्यार्थीको मूल्याङ्कन प्रणाली मापन गर्ने तरिका पनि फरक भएकोले गर्दा विषयगत अध्ययापन गराउने शिक्षकलाई नयाँ विशिष्टिकरण तवरबाट समस्याको समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए । प्याव्सन मकवानपुरमा आवद्ध रहेका २९ विद्यालयका १ सय ४१ जना शिक्षक/शिक्षिकाको सहभागिता रहेको थियो ।

प्याव्सन मकवानपुरका सचिव तथा तालिम सञ्चालन उपसमितिका संयोजक नवीन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य मदन दाहालको प्रमुख आतिथ्यता रहेको थियो । प्याव्सन मकवानपुरका उपाध्यक्ष लक्ष्मी श्रेष्ठ र कार्य समिति सदस्य केशव मुडवरीले कार्यक्रम आयोजना गर्नका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष सुवेदीले बताए । कार्यक्रममा गणित विषयको लागि दिनेश माझी, अङ्ग्रेजी विषयको लागि सूर्यप्रसाद घिमिरे, सामाजिक विषयको लागि टीका दहाल र विज्ञान विषयको लागि खेम लामिछानेले सहजिकरण गरेका थिए ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button