नवयुवा बचतको खुद मुनाफा ६२ लाख ७० हजार

हेटौंडा, हेटौंडा ११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० मा खुद मुनाफा ६२ लाख ७० हजार ४ सय ६३ रुपैयाँ आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८/७९को तुलनामा गत आर्थिक वर्षमा सहकारीले खुद मुनाफामा ९ दशमलव ३२ प्रतिशतले वृद्धि गर्न सफल भएको संस्थाको प्रतिवेदनमा उल्लेख रहेको छ ।

शनिबार भएको नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष फूलमान श्रेष्ठले २ हजार ३० जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी २ करोड ८७ लाख १५ हजार ९ सय रुपैयाँ रहेको बताए । संस्थाको बचत तथा निक्षेप २१ करोड ८७ लाख ७८ हजार, कर्जा तथा लगानी २० करोड ५२ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले नीति, विधि र सिद्धान्तमा सञ्चालन नभएका ७ वटा सहकारी संस्थालाई उपमहानगरपालिकाले कार्वाही गरेको बताए । नवयुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाध्यक्ष जुना दहालको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीले असल ऋणी तर्फ दीपक बर्तौला, नियमित बचत तर्फ रसिला राना, उत्कृष्ट बात बचत तर्फ प्रमिशा घिमिरे, एकल महिला बचततर्फ गोमा लामिछाने, जेष्ठ नागरिक बचततर्फ कृष्णमाया श्रेष्ठ, पेन्सन बचततर्फ डोलमाया गुनी, नवयुवा विशेष बचततर्फ अमरदीप मण्डल, दैनिक बचततर्फ विमलकुमार बर्तौला र मोवाईल बैंकिङ सेवा तर्फ सवनम् श्रेष्ठलाई सम्मान गरिएके थियो । त्यस्तै, सामूदायिक विद्यालयतर्फ ईशा खड्का र संस्थागत विद्यालयतर्फ रिभिजन हुमागाईलाई छात्रवृति पुरस्कार प्रदान गरिएको थियो भने एमविविएस अध्ययनतर्फ अनुप धिताललाई सम्मान गरिनुका साथै सर्वोत्कृष्ट कर्मचारी पुरस्कार संस्थाका लेखापाल युवराज ढकाललाई प्रदान गरिएको थियो ।

संस्थाका संस्थापक अध्यक्ष गोकर्ण पराजुली, वडा सदस्यहरु विकास नेपाल, गोपिनी सापकोटा, सन्देश विडारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य शंकर कालाखेती, नेÇस्कुन फिल्ड कार्यालयका इन्चार्ज ज्योति महतलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button