हेटौंडा, हेटौंडा-४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा नर्सरी देखि यूकेजी सम्म अध्ययनरत विद्यार्थी विहीबार राधा र कृष्णको भेषमा सजिएका छन् । श्रीकृष्ण जन्मष्टमी पर्वलाई लक्षित गरी विद्यालयले विहीबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यार्थीले भगवान् श्रीकृष्णको भजनमा नृत्य प्रस्तुत गरेका थिए । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापका साथसाथै धार्मिक पर्वका बारेमा बालबालिकालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका पूर्व प्राथमिक तहको संयोजक अनिता गौतमले जानकारी दिइन् । ‘
श्रीकृष्ण जन्मष्टमीको अवसरमा हरेक वर्ष विशेष कार्यक्रम आयोजना गर्ने गर्छौ ।’ उनीले भनिन् –‘विद्यार्थीको गतिविधिमा अभिभावकले राम्रो सहयोग गर्नुभएको छ।’ आगामी दिनमा पनि विभिन्न पर्वमा अन्य कार्यक्रमहरु सञ्चालन गर्ने गौतमको भनाइ रहेको थियो ।







