विश्व पोलियो दिवसमा रोटरीले विविध कार्यक्रम गर्ने

हेटौंडा, रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरले विश्व पोलियो दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गर्दै रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा आउँदो अक्टोबर २४ अर्थात कार्तिक ८ गते विहिबार हेटौंडामा पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिन लागेको जानकारी दिइएको हो ।

ADVERTISEMENT

कार्यक्रमको पहिलो दिन कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिए । यसैगरी कार्तिक ८ गते विहिबार विहान ७ वजे साईकल ¥यालीको आयोजना गरिनेछ । सोहि दिन हेटौंडाको सीमाचोकमा रहेको डिजिटल बोर्डबाट ‘इन्ड पोलियो नाउ’ लेखिएको जानकारीमुलक सुचना सामग्री प्रसारण गरिनेछ भने बेलुकी हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya