नमूना प्रगति साकोसका कार्य समिति पदाधिकारीले लिए सपथ

हेटौंडा, हेटौंडामा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नव निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले बुधबार एक कार्यक्रमका बीच पद तथा गोपनियताको सपथ सहित प्रमाणपत्र ग्रहण गरेका छन् । सहकारीको गत भदौं ३० गते भएको २३ औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखा समितिको चयन भएको थियो ।
सहकारीको निर्वाचन समितिको संयोजक बद्री प्रसाल लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटोको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

सहकारीका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि देवकोटाले प्रमाणपत्र बितरण गरेका थिए भने निर्वाचन कमिटिका संयोजक लम्सालले पद तथा गोपनियताको सपथ गराएका थिए ।सहकारीको साधारणसभाले आगामी ४ बर्षिय कार्यकालको लागि अध्यक्ष पदमा पुनः मिठाराम दहाल निर्बिरोध निर्वाचित गरेको थियो ।

त्यस्तै समितिको उपाध्यक्षमा एकालाल श्रेष्ठ, सचिवमा रामजी सापकोटा, कोषाध्यक्षमा केशव प्रसाद देवकोटा निर्बिरोध निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा बलराम दुलाल, रमेशप्रसाद घिमिरे, शिबराज पराजुली, कृष्णप्रसाद दहाल, अर्जुनकुमार खड्का, नारायणप्रसाद ढकाल, शिवहरी दाहाल, सरिता शर्मा र कमला देवी दहाल निर्बिरोध निर्वाचित भएका थिए ।
साथै सहकारीको लेखा समिति संयोजकमा तेजप्रसाद रुपाखेती र सदस्यमा प्रकाश अधिकारी र गीता सुवेदी निर्बिरोध निर्वाचित भएका थिए ।

ADVERTISEMENT

सपथ ग्रहण तथा प्रमाण पत्र बितरण कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम दाहाल, संस्थाका ब्यवस्थापक बद्री प्रसाद भण्डारीको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *