हेटौंडा, यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स बुधबार हेटौंडामा सार्वजनिक गरिएको छ । मकवानपुरको लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता राज मोटर्सले एफजेड–एक्स बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । बुधबारबाट यो वाइकको बुकिङ खुल्ला गरिएको छ ।

नयाँ एफजेड–एक्समा थुप्रै मोर्डन र सार्प फिनिसिङ साथमा आधुनिक बिशेषता पाउन सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए । सो बाइकमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, गोलो एलइडी हेडल्याम्प, एलईडी लाइट, एलईडी फ्ल्यासर, साइड स्ट्यान्ड इन्जिन कटअफ, मोर्डन इन्धन ट्याङ्क, सिंगल पीस सिट, सिंगल पिस ह्याण्डलवार जस्ता फिचरहरु पाउन सकिन्छ ।
सो वाइकमा ब्लुटुथ कनेक्टिभिटीमार्फत यामाहाको वाई–कनेक्ट एप प्रयोग गर्न सकिन्छ जसले स्मार्टफोन मार्फत मिस्ड कल, इमेल, म्यासेज र फोनको ब्याट्री लेवल आदि थाहा पाउन सकिने सोरुमका सेल्स अफिसर मनिष पोखरेलले जानकारी दिए । यामाहा एफजेड–एक्सको नेपाली बजार मुल्य ४ लाख २६ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यामाहा एफजेड–एक्स विभिन्न तीन कलर अप्सनमा उपलब्ध हुनेछ ।मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णगुप्ता अग्रवालले उक्त मोटरसाइकल सार्वजनिक गरेका हुन् ।







