रातोमाटेबाट १० बोरा चिनी बरामद

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट मकवानपुरे प्रहरीले १० बोरा चिनी बरामद गरेको छ ।

ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५४० नम्बरको बसबाट १० वटा बोरामा २५० किलोग्राम अबैध चिनी बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त चिनी २५ हजार मुल्य बराबरको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *