हेटौंडा – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ असोज १५ गते हेटौंडा आउने भएका छन् ।
मकवानपुरको स्थापित सञ्चारगृह रेडियो सन्देश १०६।९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको सयुक्त बार्षिक उत्सव लगायतका कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लागेका हुन् ।
बार्षिक उत्सव कार्यक्रम असोज १५ गते बिहान १० बजे हेटौंडा९२ मा रहेको पल्पसा प्याराडाईज होममा हुने बताईएको छ । बार्षिक उत्सव कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारलाई रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कारू प्रदान गरिने छ भने विभिन्न सम्मान र पुरस्कारहरु प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष सुनिल खड्काले बताए ।
निकास साप्ताहिकले बिगत १७ बर्षदेखी निरन्तर विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउदै आईरहेको थियो । पछिल्लो समयदेखि रेडियो र अनलाइनको पनि सयुक्त रुपमा बार्षिक उत्सव गर्न शुरु गरिएको अध्यक्ष खड्काले बताए ।
निकास साप्ताहिक विगत २० बर्षदेखी मकवानपुरबाट हरेक बिहीवार नियमित प्रकाशित हुँदै आएको छ भने सामुदायिक सञ्चार समुहद्वारा संचालित रेडियो सन्देश १०६।९ मेगाहर्ज ६ बर्षदेखी हेटौंडाबाट संचालित छ ।
गृहमन्त्री श्रेष्ठ १४ गते बेलुकी हेटौंडा आईपुग्ने कार्यक्रम रहेको उहाको प्रमुख स्वकीय सचिव बिजय गौतमले जानकारी दिए । १५ गते बिहान ७ बजे बागमती प्रदेश प्रहरी कार्यालयमा अन्तरक्रिया, ८स्३० बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सुरक्षा ब्रीफिङ, बिहान १० बजे रेडियो सन्देश, थाहा नेपाल र निकास साप्ताहिकको सयुक्त बार्षिक उत्सव, १२ बजे अगुवा कार्यकर्ता भेला र २ बजे हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लागेका हुन्।
गृहमन्त्री श्रेष्ठको मन्त्री भएपछि यो पहिलो मकवानपुर जिल्ला भ्रमण हो । श्रेष्ठ २०७० को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उठेका थिए । तर उनी एमालेका सुवास चन्द्र ठकुरीसंग पराजित भएका थिए ।






