सिन्धुलीमा नेपाल डेरी एसोसिएसनको नयाँ नेतृत्व

सिन्धुली जिल्लामा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालज्यूको प्रमूख आतिथ्यतामा सिन्धुली जिल्लामा रहेर दुग्ध उद्योग उद्यमीहरुको भेलाबाट ९ सदस्यीय समिति गठन गरिएको छ ।

ADVERTISEMENT

समितिमा अध्यक्ष बलराम अधिकारी, उपाध्यक्ष लिला बहादुर मगर, सचिव देब कुमारी कार्की, कोषाध्यक्ष उषा ढकाल चयन भएका छन् । यसैगरी सदस्यमा गणेश बहादुर थापा, प्रयागराज खतिवडा, मान बहादुर खत्री, कृष्णजि बिक र दलुराम गौतम चयन भएका छन् ।

नेपाल डेरी एसोसिएसनको निर्देशनमा दुग्ध क्षेत्र विकासमा टेवा पुग्ने काम गर्ने र सिन्धुली जिल्ला एक नमुना जिल्ला बनाउने अध्यक्ष बलराम अधिकारीले बताए । कार्यक्रममा केन्द्रिय सदस्य रविशरण थापा र हुद्वराज तिमल्सिनाको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष दाहालले नव निर्वाचित समितिलाई प्रमाणपत्र वितरण गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *