महाधिवेशन प्रतिनिधि चयनले पार्टीको अनुशासित चरित्र पुनः स्थापित गरेको छ :  वडाध्यक्ष सिग्देल

हेटौँडा, नेकपा एमाले मकवानपुरको ११औँ महाधिवेशन (मंसिर २७–२९) का लागि प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले सोमबार सामाजिक सञ्जालमार्फत प्रतिनिधि चयनसम्बन्धी अनुभव सार्वजनिक गर्दै यसपटकको प्रक्रियाले पार्टी जीवनमा अनुशासित चरित्र र सम्य संस्कृतिलाई पुनः स्थापित गरेको टिप्पणी गरेका छन्।

ADVERTISEMENT

उनका अनुसार २ नं. संघीय निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि टुंगो लगाइएको थियो भने १ नं. संघीय निर्वाचन क्षेत्र र जिल्ला दलित क्षेत्रमा निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको थियो। प्रतिनिधि हुने आकांक्षा राखेपनि अवसर नपाएका कार्यकर्ताले समेत विवादरहित रूपमा सर्वसम्मत प्रक्रियालाई साथ दिएको सिग्देलले प्रशंसा गरे।

विकट भूगोल र सीमित समयका बीच पनि उत्साहपूर्ण तथा मित्रवत प्रतिस्पर्धासहित निर्वाचन सम्पन्न भएको उनले बताए। प्रतिनिधि छनोटका क्रममा तीन पुस्ताका कार्यकर्ताको सक्रिय सहभागिता, व्यवस्थित चुनाव प्रक्रिया, उल्लेखनीय उपस्थिति र हार–जितलाई सहजै स्विकार्ने सकारात्मक संस्कार देखिएको उनको अभिमत छ।

ADVERTISEMENT

सिग्देलले लेखेका छन्, “यी दुवै अभ्यासले नेकपा एमाले मकवानपुरको पार्टी जीवनको अनुशासित चरित्र र सम्य संस्कृतिलाई पुनः स्थापित गरेको छ।”

उनका अनुसार आगामी दिनमा यिनै सकारात्मक अभ्यास र संस्कारलाई पार्टी संगठनको पूँजीका रूपमा लिएर आन्तरिक एकता थप सुदृढ बनाउनुपर्ने छ। उनले मकवानपुरमा एमाले अहिले पनि जनमत र संगठन दुवै हिसाबले सबल पहिलो शक्ति रहेको दाबी गर्दै भविष्यमा यो प्रभाव रोक्न कसैले नसक्ने विश्वास व्यक्त गरे।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya