मकवानपुरका नौँ जना स्रष्टा सम्मानित

हेटौंडा, २०७९ सालमा मकवानपुर जिल्लाबाट कृति प्रकाशित नौँ जना स्रष्टालाई साहित्य सङ्गम मकवानपुरले शनिबार सम्मान गरेको छ । साहित्य सङ्गम मकवानपुरको ३३५ औँ नियमित साहित्य सन्ध्या कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो ।

ADVERTISEMENT

सम्मानित हुनेमा मानचित्रमा देश, अक्षर र आराधना कृतिका लागि मसान उपासक, छेलिएका अनुहार कृतिका लेखक प्रताप विष्ट, शिक्षकको भाषा कृतिका लागि छवि अनित्य, खुसी कृतिका लागि किसन पौडेल, तिल गङ्गा गोविन्द कृतिका लागि सुभाषचन्द्र पौडेल भीमफेदीया, कोरिएका धर्साहरू कृतिका लागि ऋत्विक् के.बी, अभियुक्त समय कृतिका लागि समर्पण न्यौपाने, कठघरमा देश, मकवापुरका काव्यःअवलोकन र अध्ययन कृतिका लागि बिर्खे अन्जान, छैन कसोरी तिमी कृतिका लागि पुरुषोत्तम आचार्य रहेका थिए ।

कार्यक्रममा सम्मानित स्रष्टाहरू ऋत्विक् के.बी, समर्पण न्यौपाने, छवि अनित्य, किसन पौडेल, बिर्खे अन्जान, सुभाषचन्द्र पौडेल भीमफेदीयालगायत समीक्षक शान्तिप्रिय वन्दनाले पनि कविता वाचन गरेका थिए। साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डिबि बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । साहित्य सङ्गम मकवानपुरको ३३५ औँ नियमित साहित्य सन्ध्यामा ३५ जना नवसर्जक साहित्यकारहरुले रचना वाचन गरेको अध्यक्ष बर्तौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *