भाषाको संरक्षणमा सरकारसँगै नेवार समुदाय सक्रिय हुनुपर्ने

हेटौँडा, नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा सरकारहरुलाई झक्झ्याउँदै नेवार समुदायहरु सक्रिय हुनुपर्नेमा नेपाल भाषा प्रवर्द्धन कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । बागमती प्रदेश सरकारले तामाङसँगै नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गरिरहेकोले नेवार समुदाय जागरुक हुन आग्रह गरिएको हो ।

ADVERTISEMENT

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तरगतको पर्यटन कार्यालय काठमाडौं र नेपाल भाषा एकेडेमीको संयुक्त आयोजनामा हेटौंडामा शनिबार कार्यक्रम भएको थियो। कार्यक्रममा नेपाल भाषा एकेडेमीले नेपाल भाषालाई बागमती प्रदेश सरकारले कामकाजको भाषा घोषणा गरेको सन्दर्भमा भाषिक जागरण अभिमुखीकरणका लागि आधारपत्र प्रस्तुत गरेको थियो ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य तथा भाषा अभियान्ता पौभा सायमीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथी महर्जनले भाषा मासिएपछि जातमात्रको खासै अस्थित्व नहुँने भन्दै भाषा संरक्षण र प्रवद्र्धनमा नेवार समुदाय सचेत हुनुपर्ने तर्क गरे ।

‘भाषा, संस्कृति भनेको जात, समुदायसँगै देशको साझा सम्पती हो, उनले थपे, ‘तर राज्य र सरकारलाई खबरदारी गर्दै नेपाल भाषाको विकास र विस्तारमा नेवार समुदाय पनि उत्तिकै सक्रिय हुनुपर्दछ ।’ नेपाल देशको अस्थित्व विश्वसामु राख्न संयुक्त राष्ट्रसंघमा नेपालले नेपाल भाषा पेश गरेको सन्दर्भको चर्चा गर्दै वडा अध्यक्ष महर्जनले आफ्नो भाषा र संस्कृतिमा गर्व गर्दै अघि बढ्न सकेमात्र विकासले दीर्घकालिन गति लिने बताए । भाषा अभियान्ता पौभा सायमीले नेपाल भाषाको महत्त्व नेवार जातिको लागि मात्र नभएर देशकै सम्पत्ति भएकोले सबै सचेत र जिम्मेवार हुनुपर्ने बताए । ‘भाषा विलिन हुनु भनेको सम्पदा, संस्कृति, विचार बिलिन हुनु हो, उनले भने, ‘त्यसैले नेपाल भाषा सिक्न र जगेर्ना गर्न सबैले भुमिका खेल्न ढिला गर्नु हुन्न ।’

ADVERTISEMENT

अंग्रेजी, जर्मन, कोरियन, जापानिज भाषा पढेर विदेशिनेको संख्या अत्याधिक बढेकोप्रति उनले आफ्नो भाषाप्रति गर्व गर्ने र प्रयोग, संरक्षण नगर्नाले आफ्नै अस्थित्व लोप हुने भन्दै चेतावनी दिए । कार्यक्रममा नेपाल भाषा एकेडेमीका प्राज्ञ विद्या चित्रकार, पाटन क्याम्पसका प्राध्यापक किशोर नेपाली, नेपाली काँग्रसका नेता अशोक शाक्य, सामाजिक विकास मन्त्रालयकी लैङ्गीक सम्पर्क व्यक्ति चन्द्र कुमारी व्यञ्जनकार, नेवा: देय् दबु: बागमती प्रदेशका प्रमुख सचिव गणेशकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मकवानपुरसहित नुवाकोट, दोलखामा पनि आजै कार्यक्रम सम्पन्न भएको नेपाल भाषा एकेडेमीका व्यवस्थापक शान्तराज शाक्यले बताए ।कार्यक्रम आयोजना गरिने ९ जिल्ला मध्ये चितवन, धादिङ र काभ्रेपलाञ्चोकमा पनि सम्पन्न भईसकेको उनले बताए । रामेछाप, सिन्धुली र थप एक जिल्लामामा चाँडै कार्यक्रम गरिने बताईएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya