हेटौंडा, साहित्य सङ्गम मकवानपुरले मकवानपुरका नौँ जना स्रष्टालाई सम्मान गर्ने भएको छ । यही असोज १३ गते हुने सङ्गमको ३३५ औँ नियमित साहित्य सन्ध्यामा वि.सं. २०७९ सालमा जिल्लाबाट प्रकाशित कृतिको आधारमा मकवानपुरका नौँ जना स्रष्टालाई सम्मान गर्न लागेको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबि बर्तौलाले जानकारी दिए ।
सम्मान हुनेमा मसान उपासक, प्रताप विष्ट, छवि अनित्य, किसन पौडेल, सुभाषचन्द्र पौडेल, ऋत्विक के.बी. समर्पण न्यौपाने, बिर्खे अन्जान र पुरुषोत्तम आचार्य रहेका छन् । मसान उपासकले मानचित्रमा देश, अक्षर आराधन, प्रताप विष्टले छेलिएका अनुहार, छवि अनित्यको शिक्षकको भाषा, किसन पौडेलले खुसी कृति प्रकाशन गरेका थिए । त्यसैगरी सुभाषचन्द्र पौडेलले तिलगंगा गोविन्द, ऋत्विक केबीले कोरिएका धसाृहरु, समर्पण न्यौपानेले अभियुक्त समय, बिर्खे अञ्जानले कठघरामा देश र पुरुषोत्तम आचार्यले छैनाँै कसोरी तिमी कृति प्रकाशन गरेका थिए ।
साहित्य सङ्गम मकवानपुरमा डीबी बर्तौला अध्यक्ष भएपश्चात नियमित साहित्य सन्ध्या कार्यक्रम यो पहिलो हो । नियमित साहित्य सन्ध्यामा नवसर्जक साहित्यकारहरुले आआफ्नो रचना वाचन गर्ने गर्छन् ।







