हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ नारायणी पेट्रोल पम्प नजिक सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम सडक खण्डमा हाल सनाख्त नभएको मागि खाई हिड्ने करिब ४५ वर्षिय पुरुष ब्यक्तिलाई सवारी साधनले ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पहिचान नभएको सवारी साधनले ठक्कर दिंदा उपचारर्थ हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका वडा नम्बर२ देवटार बस्ने ५३ बर्षीय भिमलाल स्याङ्तान मृत अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार उनी आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन् । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।