हेटौंडा, हेटौंडामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा(१०, स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद , कृषि तथा पर्यटन महोत्सवमा मङ्गलबारबाट सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पाल्पा जिल्लाको स्टेप भलिबल क्लबको टिमले विजयी सुरुवात गरेको छ ।
महोत्सव स्थलमा भएको पहिलो खेलमा आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई २५-६, २५-२१ र २५-२३ को सेटले पाल्पाको स्टेप भलिबल क्लबले पराजित गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले प्रथम ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ ।
मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान बागमती प्रदेशको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा ६ वटा टोलीहरुको सहभागिता रहेको छ । प्रतियोगिता लिगकम नकआउटको आधारमा भएको हो ।






