हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ स्थित श्रमिक माध्यमिक विद्यालयमा आयोजित विद्यार्थी नेतृत्व चयन निर्वाचनबाट विद्यालय कप्तान, उपकप्तान तथा जुनियर रेडक्रस सर्कल (जुरेस) का पदाधिकारी चयन भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा विद्यालय कप्तान पदका उम्मेदवार अकलेस शर्मा १२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी टुकनाथ पाण्डेले १०८ मत तथा उत्सव न्यौपानेले ५३ मत प्राप्त गरेका छन्।
विद्यालय उपकप्तानमा जेसीस खनाल १९० मतसहित विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी आयुषा पौडेल ले ६३ मत प्राप्त गरिन्। त्यसैगरी, जुरेस अध्यक्ष पदमा खुशी बलम्पाकी मगर १२३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी अनोखी कुमारी राम ले ७३ मत प्राप्त गरिन्। जुरेस उपाध्यक्षमा भविष दाहाल १२० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी अंशुमन कुँवर ले ४४ मत र सुनिना थोकर लामा ले ३५ मत प्राप्त गरेका छन्।
जुरेस सचिवमा अभिषेक साह सोनार ६८ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी अनमोल थिङ मगर ले ६३ मत र साङ्गे स्याङ्बो ले ५९ मत प्राप्त गरेका छन्। जुरेस सहसचिवमा रोनिस कुँवर १०५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी पासाङ तामाङ ले ८७ मत प्राप्त गरेका छन्। जुरेस कोषाध्यक्ष (छात्रा आरक्षण) पदमा जेनिसा माझी १३८ मतसहित विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी क्रिमा यादवले ५७ मत प्राप्त गरिन्।
निर्वाचनमार्फत विभिन्न हाउसका कप्तान तथा उपकप्तानसमेत चयन भएका छन्। रातो हाउसको कप्तानमा चाँदनी खातुन र उपकप्तानमा ज्योति कुमारी गुप्ता, निलो हाउसको कप्तानमा रौनक यादव र उपकप्तानमा जोया तुम्सिङ निर्वाचित भएका छन्। त्यसैगरी, हरियो हाउसको कप्तानमा निसी लामा र उपकप्तानमा सञ्जीवनी भुजेल, पहेंलो हाउसको कप्तानमा नितेश साह तथा उपकप्तानमा पारस रोकाया निर्वाचित भएको विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिए। विद्यालयमा लोकतान्त्रिक अभ्यास, नेतृत्व विकास तथा विद्यार्थीहरूको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले निर्वाचन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।






