वक्तृत्वकला उत्कृष्ट विद्यार्थीलाई पुस्तक उपहार

हेटौंडा, हेटौंडा १ मा रहेको अमर माध्यमिक विद्यालयले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई पुस्तक उपहार प्रदान गरेको छ ।

ADVERTISEMENT

व्यक्तित्व विकासमा विद्यालयको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ ए मा अध्ययनरत करुणा श्रेष्ठ प्रथम, शुभम जिशी द्वितीय, विकल्प अर्याल तृतीय र सविना थिङ तृतीय हुन सफल भए । यसैगरी कक्षा ९ बी मा भएको प्रतियोगितामा आशिष भण्डारी प्रथम, प्रशंसा सिकारी द्वितीय, युदीप तितुङ तृतीय, विपिशा सुवेदी र प्रवेश हटुवाल सान्त्वना हुन सफल भए ।

विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कारस्वरुप निबन्ध र कविता कृतिसँगै प्रमाणपत्र वितरण गरेकी थिइन् । शुक्रबार भएको प्रतियोगिताका उत्कृष्ट विद्यार्थीलाई आइतबार पुरस्कृत गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya