हेटौंडा,’जनयुद्ध’ दिवसको अवसरमा फागुन १ गते बागमती गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।
बुधबारको कार्यपालिका बैठकले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ फागुन १ गतेदेखि सुरु गरिएको जनयुद्धको स्मरण र सम्मानमा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सर्केस घलानले जानकारी दिए ।
बागमती गाउँपालिकाले सूचना जारी गर्दै जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरू बन्द रहने जनाएका हुन् । सार्वजनिक बिदाका समयमा गाउँपालिका अन्तर्गतका अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने जनाइएको छ ।







