प्रहरीबाट लुटिएको पेस्तोल भेटियो

हेटौँडा, मकवानपुरको कैलाश गाउँपालिका ६ मा लागुऔषध कारोबारीले लुटेर लगेको प्रहरीको पेस्तोल फेला परेको छ । कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलबाट सोमबार लुटिएको पेस्तोल त्यहाँ पुगेको प्रहरी टोलीले खोजीको क्रममा वडा नं। १ को बोल्नेलेकमा मङ्गलबार फेला पारेको हो ।

ADVERTISEMENT

लुटिएको पेस्तोल र लुटपाटमा संलग्नको खोजीका लागि घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लुटेर लगेको पेस्तोल खोजीको क्रममा कैलाश गाउँपालिका १ को बोल्नेलेकमा फेला परेको जानकारी दिनुभयो ।

लागुऔषध कारोबारी रहेको सूचना पाएर सोमबार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित गएको प्रहरी टोलीको साथा रहेको पेस्तोल लागुऔषध कारोबारीले लुटेर भागेका थिए । गोली लोड भएको अवस्थाको पेस्तोल लुट्ने र प्रहरीमाथि कुटपिटको घटना भएपछि सोमबारबाट ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो ।

ूलागुऔषध कारोबारीले लुटेर भागेको टाइप(५४ को पेस्तोल फेला परेको छू, प्रहरी नायव उपरीक्षक अर्यालले भन्नुभयो, ूलुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ ।ू

लागुऔषध कारोबारीसहितका १०(१५ जनाको समुहले प्रहरीमाथि कुटपिटसमेत हुलहुज्जत गरी पेस्तोल लुटेर लगेको थिए ।

Advertisement 5

हवल्दार तामाङ र सहायक हवलदार मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए । अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *