हेटौंडा, त्रिशुली नदिमा हामफाल्दा मकवानपुर हेटौंडा उपमहानगरपालिकाका एक पुरुष बेपत्ता भएका छन् । हेटांडा उपमहानगरपालिका वडा नं.२ चौकीटोल बस्ने ३८ बर्षीय निरञ्जन देबकोेटा बेपत्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटबेशीस्थित नयाँपुलबाट सोमबार बिहान साँढे ६ बजेको समयमा देबकोेटा त्रिशुली नदिमा हामफालेका थिए । उनी बा.प्र. ०३–००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलको बिचमा छाडेर त्रिशुली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
प्रहरीले बेपत्ता देबकोटाको खोजी कार्य गरिहेको जनाएको छ ।







