तीन बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

हेटौंडा, राप्रपा मकवानपुरको टोलिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालसमक्ष ३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।मकवानपुरमा फैलिएको रेबिज रोग नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराउँदै बुधबार जिल्ला अधिकारी चिलुवालसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ADVERTISEMENT

ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरहरुको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन प्रभावित भएको र उक्त स्थितिलाई तत्काल नियन्त्रण गर्नुपर्ने , बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको विषयमा ॠणिहरुको घर, व्यावसायमा मानसिक यातना पुग्ने गरि तनाव दिने प्रवृत्ति रोक्नुपर्ने उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहहरु , बिमा कम्पनीहरु , धितो मुल्यांकन र ईन्जिनियरिङ कन्सलटेन्सिहरुको मिलेमतोमा धितो मुल्यांकन चलनचल्ति भन्दा कम राख्ने, रोक्का भएको स्वीकृत कर्जा प्रवाह नगर्ने र अनुचित लाभ लिने मनसायले कर्जा प्रक्रियामा दुस्ख दिने आदि विषयमा नियम बमोजिम गर्न गराउन र नियम बमोजिम दण्ड सजायको समेत सहजिकरण अबिलम्ब सम्बन्धित निकायबाट गर्न गराउने प्रबन्ध मिलाउने विषय समेटिएको थियो ।

ADVERTISEMENT

राप्रपा बागमती प्रदेश सचिव गुञ्जन बहादुर न्यौपाने , बागमति प्रदेश सदस्य नवराज थपलिया , जिल्ला उपाध्यक्ष अर्जुन प्रसाद गौतम , जिल्ला सह(कोषाध्यक्ष सन्दिप कुमार सापकोटा , क्षेत्रिय सचिव बिकास दुलाल , युवामोर्चा अध्यक्ष बिबेक बिक्रम शाह , हेटौंडा नगर अध्यक्ष अरुण लामा समेतको टोलि सो ज्ञापन पत्र बुझाउन पुगेको उपाध्यक्ष गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *