जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा सन्तोषको उम्मेदवारी घोषणा

हेटौंडा, जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा युवा व्यवसायी सन्तोष पराजुलीले उम्मेदवारी दिने भएका छन् । सन् २०१९ मा जेसीज सदस्य प्राप्त गरेका पराजुलीले २०२५ को नयाँ कार्यसमितिको कार्यकारी उपाध्ययक्षमा उम्मेदवारी दिने भएका हुन् ।

ADVERTISEMENT

२०१९ बाट आफ्नो जेसीज यात्रा सुरु गरेका पराजुलीले सन् २०२० मा एरिया बी संयोजक भएर कार्य गरेका थिए । उनले २०२१ मा जेसीआई हेटौंडाका सचिव भएर सफलतापूर्वक कार्य सम्पादन गरेका थिए भने २०२२ मा महाधिवेशन संयोजक भएर जेसीजको प्रमुख कार्यक्रम सफलतापूर्वक आयोजना गरेका थिए ।सन् २०२३ मा उपाध्यक्ष र २०२४ मा तालिम संयोजक भएर संस्थाको विकासको लागि रणनीतिक योजना निर्माण तथा कार्यान्वयन गराउन अग्रसर तथा जेसीजका सदस्यहरुको क्षमता अभिवृद्धिका आवश्यक प्रशिक्षणहरु प्रदान गरेका उनले बताए ।

पराजुलीलाई जेसिजभित्र मेहनती तथा सपलतापूर्वक जिम्मेवारी पुरा गर्ने सदस्यको रुपमा लिने गरिएको छ । आफुले पाएको जिम्मेवारीलाई उनले सधै कुशलतापूर्वक सम्पन्न गर्ने गरेको कारणले उनि जेसीआई हेटौंडा परिवारमा लोकप्रिय छन् । लायन्स क्लब अफ हेटौंडा नारायणी मलका पूर्व अध्यक्ष तथा सुन्दर युवा सञ्जालका उपाध्यक्षसमेत रहेका पराजुलीले यस पटक जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्ष भएर युवा उद्यमको क्षेत्रमा महत्वपूर्ण काम गर्ने इच्छा व्यक्त गरेका छन् । पराजुलीले कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै गर्दा जेसीजमा सदस्य सशक्तीकरण, दिगो नेतृत्व, समावेशी वातावरण र सुदृढ संस्थागत संरचना निर्माणमा अग्रसरताको प्रतिबद्धता गर्दै यस पटक आफुलाई विजयी गराउनको लागि जेसिज सदस्यहरुलाई अनुरोध समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya