पुस १० गते हेटौंडाको बुद्धचोकमा यः मरि वितरण गर्ने

हेटौंडा, नेवा दय दबू जिल्ला शाखा कार्यालयको आयोजनामा पुस १० गते हेटौंडाको बुद्ध चोकमा निशुल्क रुपमा यः मरि वितरण गर्ने भएको छ।

ADVERTISEMENT

१० गते दिउँसो १ बजे देखि ३ बजे सम्म बुद्ध चोकमा यः मरि बनाई बितरण गर्न लागेको हो। यःमरि पुन्हिको दिनमा नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार यःमरी खाने चलन छ ।

नेवारी सस्कृतिको संरक्षण तथा विकासको लागि हेटौंडाको बुद्धचोकमा कार्यक्रम आयोजना गर्न लागिएको नेवा दय दबूका अध्यक्ष बिष्णु लाल श्रेष्ठले जानकारी दिए ।नेपाल भाषामा यः भनेको मनपर्ने र मरि भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya