हाट बजारको आयोजना गरी पाँच दिने नवउद्यमशाला बुटक्याम्प सम्पन्न

हेटौंडा, उद्योग संघ मकवानपुरद्वारा संचालित एम स्टार्ट अप बिजनेस इन्क्युबेशन सेन्टर द्वारा आयोजित पाँच दिने नवउद्यमशाला बुटक्याम्पको अन्तिम दिन हाट बजारको आयोजना गरी समापन भएको छ।

ADVERTISEMENT

असोज १४ गते देखि संचालन भएको बुटक्याम्पमा चयन भएका उद्यमीहरुले ४ दिन सम्म ब्यवसायसँग सम्बन्धित विभिन्न बिषयमा छलफल गर्नुका साथै विज्ञहरुसँग गहन रुपमा मन्थन गरी आफ्नो व्यवसायलाई परिस्कृत गर्ने अवसर पाएका थिए। उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष लेखराज पोखरेलको संयोजकत्वमा आयोजित बुट क्याम्पलाई सहयोगी संस्था अन्तरप्रेरणा नेपाल प्रा.लि. का अषिम श्रेष्ठ र अमिर महर्जनले सहजिकरण गरेका थिए ।

बुट क्याम्पमा ब्र्याण्ड लजिकका सिईओ रोशन निरौलाले डिजिटल मार्केटिङ, आन्तरिक राजश्व कार्यालयका अधिकृत मनिष कुमार महतोले कर व्यवस्था, एशियन पेन्ट्स नेपाल प्रा.लि.का रमन खनालले प्रतिस्पर्धी बिश्लेषण सम्बन्धि प्रस्तुति दिएका थिए । मकवानपुर बहुमुखि क्याम्पसका उप–प्रमुख डा. यम सिलवाल तथा सिद्धार्थ बैकं हेटौंडाका शाखा प्रबन्धक अर्पण सन्जेलसाथै विभिन्न उद्योगीहरुले श्रोत व्यक्तिका रुपमा सहयोग गरेका थिए ।

ADVERTISEMENT

अन्तिम दिनमा आयोजना गरिएको हाट बजारमा बुटक्याम्पमा सहभागी ब्यवसायीहरुले आÇनो उत्पादन र सेवाको प्रदर्शनी गरेका थिए। उक्त हाट बजारमा सहभागीहरुले व्यवसायको परिक्षण गर्नुका साथै सम्भावित ग्राहक, लगानिकर्ता तथा मेन्टरसँग जोडिने अवसर पाएका थिए । बिहान १० बजे देखि दिउँसो २ बजेसम्म आयोजित उक्त हाट बजारलाई २०० जना उद्योगी, व्यवसायी, बैकंर, शिक्षक लगायतका सरोकारवालाहरुले अवलोकन गरेका थिए। कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेल तथा नवोदय शिशु सदन विद्यालयका निर्देशक दिपेश जोशीले सहभागिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya