हेटौँडामा रचनात्मक पहल: प्लास्टिक साटेर फलफूलका बिरुवा वितरण

हेटौँडा, विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा हेटौँडा उपमहानगरपालिका–९ मा एक अनौठो रचनात्मक अभियान सम्पन्न भएको छ, जसअन्तर्गत नागरिकहरूले प्रयोग भएका प्लास्टिकका बोत्तलहरू बुझाएर फलफूलका बिरुवा प्राप्त गरे। “प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान” नामक यो कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्दै प्लास्टिक व्यवस्थापन र हरियाली विस्तारमा उल्लेखनीय योगदान दिएको आयोजकको दावी रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा २२० जना नागरिक सहभागी भई ५ वटा बोत्तल बराबर १ वटा बिरुवा पाउने व्यवस्था अनुसार आँप, अमला, अम्बा, कागती, लिची लगायतका फलफूलका बिरूवा वितरण गरियो। कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भयो भने हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्थानीय टोल विकास संस्थाहरू, महिला समूह, युवा समूह र सामाजिक संघसंस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि ९२० गते० बिहान ११ बजे “जलवायु सचेतनास् समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयमा प्यानल डिस्कसन र फिल्म स्क्रिनिङ, साथै साँझ ४स्३० बजे हेटौँडा–८ स्थित चन्द्रोदय मावि मा वृक्षारोपण कार्यक्रम आयोजना हुने अध्यक्ष अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *