चैत २५ गते नवसर्जक साहित्य चौतारी सम्मानित हुँदै

हेटौंडा, यही चैत २५ गते बाल साहित्यकारहरुको संस्था नवसर्जक साहित्य चौतारी नेपाल सम्मानित हुने भएको छ । श्री रुद्रप्रसाद रिजाल स्मृति कोषले स्थापना गरेको रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७९ प्रदान गर्न लागिएको हो । उक्त पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

शनिबार हेटौंडामा एक कार्यक्रमका बीच सामाजिक÷आध्यात्मिक अभियन्ता राधिका शर्मा एवम् नवसर्जक साहित्य चौतारी नेपाललाई प्रदान गर्न लागेको हो । विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७७ स्थापना भएको हो । नवसर्जक साहित्य चौतारी नेपाल पहिलोपटक सम्मानित हुन लागेको नवसर्जकका परिकल्पनाकार दीपक गौतमले जानकारी दिए ।

नवसर्जक चौतारी नेपालको सातै प्रदेश समिति, काठमाडौं उपत्यका समिति तथा विदेश विभाग गरी ९ वटा शाखाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *