मनहरीबाट लागुऔषधसहित ५ जना पक्राउ

हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ नयाँ बस्तीबाट प्रहरीले लागुऔषध र नगदसहित ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–८ वस्ने ३१ बर्षीय बिकास मोक्तान, सोही स्थान बस्ने ३५ बर्षीय राम बहादुर स्याङबो, पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ बर्षीय जित बहादुर चापागाई, मकवानपुरको मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० बर्षीय रामचन्द्र गोले र सोही स्थान बस्ने २० बर्षीय दाल बहादुर मोक्तान रहेका छन् ।

ADVERTISEMENT

नयाँ बस्तीस्थित कच्ची बाटोमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकल सहित बसिरहेका उनीहरुलाई ६०२ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र नगद ८ लाख सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । नगद, लागुऔषध, मोटरसाइकल सहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya