महिला मिलनको स्थापना दिवसमा बचतकर्ता, ऋणी र उद्यमी सम्मानित

हेटौंडा, हेटौंडा १३ मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा असल बचतर्कता, असल ऋणी र असल उद्यमीलाई सम्मान गरेको छ । सहकारीको २४ औँ स्थापना दिवसको अवसरमा असल बचतर्कता, असल ऋणी र असल उद्यमीलाई सम्मान गरेको हो । सहकारीले असल बचतकर्तामा विनी वाइवा, सीता कार्की, आशाकुमारी वाइवा, लक्ष्मी भोम्जन, विरमाया घलान, लक्ष्मी लामा घलान, पम्फा देवकोटा, सरस्वती दंगाल, सर्मिला नेगी, विना गोङवालाई समान गरेको छ ।

ADVERTISEMENT

यसैगरी असल ऋणीमा विनिता तामाङ, निता अर्याल, काइली माया गोले, लक्ष्मी लामा स्याङतान, वन्दना घलानलाई सम्मान गरेको छ भने असल उद्यमीमा सुस्मीता थिङ, सजीना थिङ, निशा मुक्तान, कल्पना तामाङ र गितकुमारी थापा मगरलाई सम्मान गरेको छ । कार्यक्रममा निर्मला मोक्तान र कल्पना श्रेष्ठलाई जोडी सम्मान प्रदान गरेको छ । सहकारी अध्यक्ष मिना थापाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेलले महिला मिलनमा रहेका ३ सय ५० समूहले भिन्न भिन्न उत्पादनमा लाग्न आग्रह गरे । सहकारी संस्था नीति, विधि र सिद्धान्त अनुरुप सञ्चालन हुनुपर्ने उनले दावी गरे ।

कार्यक्रममा सहकारीका व्यवस्थापक फुलमाया मोक्तानले सहकारीले गरेको गतिविधिको बारेमा प्रस्तुत गरेकी थिइन् । ६ हजार ३ सय ३६ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको चैत मसान्त सम्म शेयर पूँजी ७ करोड १ लाख १९ हजार २ सय रुपैयाँ रहेको व्यवस्थापक मोक्तानले जानकारी दिइन् । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी उपाध्यक्ष मिनाकुमारी चौरेल, हेटौंडाका सहकारी विभाग प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका शाखा प्रमुख रामेश्वर अर्याल, नेपाल बचत तथा ऋण सहकारी संस्था मकवानपुरको फिल्ड इन्चार्ज विदुर खड्का, हेटौंडा–१३ का वडाध्यक्ष पेम्पा लामालगायतको आतिथ्यता रहेको थियो । सहकारीको स्थापना दिवसको अवसरमा विद्यार्थीलाई झोला पनि वितरण गरेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya