आजबाट हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान शुरु

हेटौंडा, हेटौडा स्वास्थ्य चौकीले आजदेखि जनता स्वास्थ्य घरदैलो अभियान शुरु गरेको छ । हेटौंडा ६ चौघडामा शुरु भएको अभियानको हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँले उदघाटन गरेका हुन् । सो अवसरमा उपमेयर बानियाँले नगरबासीको स्वास्थ्यमा नगरपालिका सदैव सचेत रहेको बताए ।

ADVERTISEMENT

स्वास्थ्य बीमालाई लक्षित बर्गको लागि उपयोग गर्ने बताउदै उपमेयर बानियाँले हरेक नागरिकले समय समयमा स्वास्थ्य जाँच गराउनु पर्नेमा जोड दिए । स्वास्थ्य चौकी ईन्चार्ज टीएन ढुङगेलले चौकीबाट प्रदान गरिदै आएको सेवा सुविधाको बारे जानकारी गराएका थिए ।

हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको अध्यक्षतमा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख सूर्य प्रसाद तिवारी,हेटौडा ६ का वडा सदस्य विजय पौडेल,लेखराज ढकाल, वडा सचिव आमोद प्रसाद मैनाली, स्थानीय समाजसेवी कृष्णप्रसाद सञ्जेल , विभिन्न राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी , टोल विकास संस्थाका प्रतिनिधि, कर्मचारी ,महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागिता थियो ।

कार्यक्रममा महिला स्वास्थ्य स्यमसेविका कल्पना पराजुली, शोभा श्रेष्ठ , प्रिया ढुङगाना र रमा राईलाई साईकल प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya