नारायणको नेतृत्वमा मातृभूमि सहकारी संस्था

हेटौंडा, मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा नारायण लम्साल चयन भएका छन् । शनिबार भएको संस्थाको दशैँ वार्षिक साधारणसभाबाट लम्सालको अध्यक्षतामा नयाँ सञ्चालक समिति बनेको हो ।

ADVERTISEMENT

संस्थाको उपाध्यक्षमा रामहरी तिमल्सिना, सचिवमा घनश्याम नेपाल, कोषाध्यक्षमा इन्दीरा न्यौपाने, सहसचिव गोविन्द सुवेदी चयन भएका छन् । यसैगरी सदस्यमा कालु घलान, सरस्वती दहाल, भिमकुमारी न्यौपाने, पवित्रा अर्याल, राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

संस्थाको लेखा समिति संयोजकमा हेमन्तराज कोइराला र सदस्यमा मंगलप्रसाद बानियाँ र नवराज घलान चयन भएका छन् । संस्थाका अध्यक्ष बिनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उत्कृष्ट बचतकता, उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियो । ६ सय ८१ शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पूँजी साढे ३ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya