पालुङ बहुउद्देश्यीयको २५ औं साधारणसभा सम्पन्न

हेटौंडा, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथी रहेका थाहा नगर प्रमुख बिष्णु बिष्टले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा मात्र ऋण दिदा मात्र सहकारी र देश अनि जनताको आर्थिक स्थिती मजबुत हुने बताउँदै सहकारी शिक्षा र अनुगमनमा जोड दिन आग्रह गरेका थिए । पालुङ बहुउद्देश्यीय सहकारीले पशु पालक किसानको हित हुनेगरी दुग्ध संकलन केन्द्र स्थापना गर्न उनले आग्रह गरे । सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले यसवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले मुख्य कार्यालय परिसरमा साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा खाद्यान्न पसल सेवा सञ्चालन गरेको बताए ।

६ हजार ५ सय ८० जना शेयर सदस्य र ४ हजार १ सय २३ जना समूह सदस्य रहेको सहकारीको शेयर पुँजी ९ करोड ९४ लाख ६६ हजार छ सय रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०८०र०८१ मा सहकारीको कुल बचत ७४ करोड ६९ लाख ९२ हजार ६सय ९३ रुपैयाँ रहेको छ भने ऋण लगानी ९७ करोड ३० लाख ६२ हजार रुपैयाँ रहेको छ। कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने थाहा ३ का धुर्व बहादुर कार्की र थाहा २ का कुमार बस्नेतलाई सम्मान गरेको थियो ।

यसैगरी २०८० सालको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सुनौला माबिका असिम गोपाली, प्रगती माबी हेटौंडाकी प्रकृति दाहाल, सरस्वती विद्या मन्दिरका लखिन्द्र विन मुखिया र पालुङ भ्याली हार्ट एकेडेमीकि शान्ती बिष्टलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा ९ जना महिलालाई सुत्केरी सम्मान र २५ जना जेष्ठ सदस्यहरलाई जेष्ठ नागरिक सम्मान सहित न्यानो झोला र हर्लिक्स बितरण गरिएको थियो।

कार्यक्रममा थाहा नगरका उपप्रमुख भरत गोपाली, नेकपा एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, जिल्ला बचत तथा ऋण सहकारीका फणीन्द्र सुवेदी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष पुरुषोत्तम कार्की, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,४ का नारायण लामा,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,राप्रपा नगर अध्यक्ष कुलमान तामाङ,रास्वपा थाहा नगर सभापति जयराम खत्रीलगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

सहकारीको सेवा केन्द्र बज्रवाराही र हेटौंडामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *