हेटौंडा, हेटौंडा सिटी कलेजको आयोजनामा भोलि असोज २५ गते एक दिन हेटौंडामा अन्तर क्याम्पस फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा ६ वटा क्याम्पसका ७ वटा टिमले सहभागीता जनाएका छन् । समूह ए मा हेटौंडा सिटी कलेज ए, हेटौंडा सिटी कलेज बी, भानु मावि र मकवानपुर बहुमुखी क्याम्पस रहेको छ । समूह बी मा नारायणी कलेज, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र भुटनदेवी मावि रहेको छ ।
हिन्दुहरुको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गर्नुको साथै खेलकुदबाट भाइचाराको सम्बन्ध स्थापित हुने भएकोले गर्दा प्रतियोगिता आयोजना गरेको क्याम्पस प्रशासन प्रमुख सुमन्त सिल्वालले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार र द्वितीय हुनेलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने छ ।






