टि २० क्रिकेट प्रतियोगिता: नारायणी कलेजको विजयी शुरुवात

हेटौंडा, हेटौंडामा जारी टि २० क्रिकेट प्रतियोगितामा नारायणी कलेजले विजयी शुरुवात गरेको छ । विहीबार भएको प्रतियोगितामा कमाने क्रिकेट क्लवलाई ४३ रनले पराजित गर्दै नारायणीले विजयी शुरुवात गरेको हो ।

ADVERTISEMENT

टस हारेर ब्याटिङ गर्न मैदानमा उत्रेको नारायणी कलेजले ६ विकेटको नोक्सानीमा १ सय ५६ रनको सम्मानजनक योगफल तयार पार्यो । नारायणीका लागि सुवेन्द्र पासवानले ५७ रन, सन्देश पोखरेलले २७ रन जोड्न सफल भए । कमानेको तर्फबाट सुरज भट्टराई र समिर थापाले समान २/२ विकेट लिए । १ सय ५७ रनको लक्ष्य पाएको कमानेले पूरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय १३ रनमै सिमित रह्यो । रमेश लुइटेलले ४९ रन, सन्जिव थापा मगरले २१ रन बनाउन सफल भए ।

नारायणीको तर्फबाट जिसन अन्सारी र इम्रान अकमलले समान ३/३ विकेट लिए । नारायणीको सुवेन्द्र पासवान म्यान अफ द म्याच घोषित भए । कमानेको भने दोस्रो खेल हो । कमानेले विहीबार नवजीवन ज्योति क्रिकेट क्लवलाई ७८ रनले पराजित गरेको थियो ।

ADVERTISEMENT

दोस्रो खेल मकवानपुर क्रिकेट क्लव र ओम नगर क्रिकेट क्लवबीचको खेल पानीले अवरुद्ध भएको छ । उक्त खेल पछि सञ्चालन गरिने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना भएको प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः नगद १ लाख र ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *