हेटौंडा, हेटौंडामा जिल्ला जुनियररयुवा रेडक्रस समिति प्रधानाध्यापक गोष्ठीको सम्पन्न भएको छ । गोष्ठी नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले जिल्लास्तरीय प्रधानध्यापक गोष्ठीको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गरेका हुन् । सो क्रममा बोल्दै मन्त्री थापाले रेडक्रसको विश्वव्यापी प्रभाव, नेपालमा यसको भूमिका र भविष्यको योजनाहरू र बिपत्तीको समयमा गरेको कामको बारे चर्चा गरे ।
उनले विश्वका धेरै मुलुकहरूमा रेडक्रस संगठनको गठन भएको र यसमा असंख्य मानिसहरू संलग्न रहेको उल्लेख गरे । उनले प्रधानाध्यापक गोष्ठीले विद्यार्थीहरूलाई सामाजिक कार्यमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नो व्यक्तिगत अनुभव सम्झदै, उनले भूकम्पको समयमा रेडक्रसको भक्तपुर शाखाको उपसभापतिको रूपमा गरेको कामको स्मरण गरे ।
उनले रेडक्रसमा गरेको कामले आफूलाई जनप्रतिनिधि बन्न पनि सघाउँ भएको बताउँदै कोभिड–१९ को समयमा पनि फील्डमा खटिएको अनुभव सुनाए । बागमती प्रदेशका १३ वटा जिल्लामा सरकारले निःशुल्क ब्लड ब्याग उपलब्ध गराउने कार्य अगाडि बढेको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विभिन्न कदमहरू चालिएको मन्त्री थापाले बताए ।
स्वास्थ्यकर्मीहरूको उचित व्यवस्थापन, अनलाइन टिकेट प्रणालीको सुरुवात, र अस्पतालहरूमा कर्मचारीको उचित व्यवस्थापन गरी सेवा प्रवाहलाई सहज बनाउने प्रयास भइरहेको उनले बताए । बिरामीहरूको चापलाई व्यवस्थित गर्न सबै प्रकारका सेवाहरू विस्तार गर्ने योजना रहेको बताए । जिल्ला रेडक्रस सोसाइटी मकवानपुरका जिल्ला उपमन्त्री शिबहरी दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती ९जिसस० मकवानपुरका प्रमुख ललित घलान एवम् नेरेसो बागमती प्रदेश अध्यक्ष भोला रुपाखेती, मकवानपुर शाखा सभापति लालबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठिमा जिल्ला भरका संस्थागत तथा सामुदायिक गरी १०० विद्यालयका प्रधानाध्यापकहरु सहभागी थिए ।






