हेटौंडा/मकवानपुर प्रहरीले अवैध लागूऔषध नाइट्राभेटसहित ३ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने २५ बर्षीय विशाल घलान, हेटौंडा–१४ का २१ बर्षका विजय रिजाल र हेटौंडा–१७ बस्ने २० बर्षीया शर्मिला भोम्जन रहेका छन् ।
हेटौंडा बसपार्कमा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुको शरीर खानतलासीको क्रममा २०० ग्राम गाँजा र २७ ट्याब्लेट लागूऔषध नाइट्राभेट फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुले लुकाई ल्याएको अवस्थाको गाँजा फेला पारेको बताइएको छ ।
लागूऔषध सहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको मकवानपुर प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए ।







