हेटौंडा, हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह भोलि बुधबारबाट सुरु हुने भएको छ। हेटौंडा लेडी जेसिजले भोलि कार्तिक १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै जेसिज सप्ताह मनाउन लागेको हो।
जेसिज सप्ताह अन्तर्गत भोली असोज १५ गते बुधबार दुई वटा कार्यक्रमको आयोजना गरेको छ। पहिलो कार्यक्रम अन्तर्गत हेटौंडा – १ मा रक्तदान र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्व। बुद्धरत्न शाक्य स्मृती खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ।
त्यसैगरी १६ गते हेटौंडा- १चौकिटोलस्थित ॐ वृद्धआश्रममा खाद्यन्न वितरण र हेटौंडा- ४ मा रहेको भुङग्रो थकालीमा बैठक संचालन प्रणली तालिमको आयोजना गरेको हेटौंडा लेडि जेसिज अध्यक्ष डिलमाया घर्तीले बताइन् ।
त्यसैगरी १७ गते हेटौंडा(४ स्थित सितल महल चोकमा स्लो स्कुटी रेस, चकरीमा विद्यालयमा स्व। बाशु प्रसाद पौडेल शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको र १८ गते बिहान हेटौंडा- ५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइ सामाग्री हस्तान्तरण गर्दै सोही दिन दिउँसो समापन कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक अस्मिता न्यौपानेले जानकारी दिइन ।






