४५ किलो गाँजासहित दुईजना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई सोमबार पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ४५ किलो १२० ग्राम गाँजासहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

पक्राउ पर्नेमध्ये भारत मोतिहारी बस्ने २४ वर्षीय भुषनकुमार र २१ वर्षीय साजन सिंह रहेका छन् । डिएल ४३ एनबी ५९९४ नम्बरको भारतीय गाडीमा सवार उनीहरूलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *