नेपाल जेसीजमा मकवानपुरबाट तीन जनाको उम्मेदवारी

हेटौंडा, वर्ष सन् २०२४ का लागि नेपाल जेसीजको विभिन्न पदमा मकवानपुरका तीनजनाले उम्मेदवारी दिएका छन् ।
आगामी मंसिर अन्तिमबाट बुटवलमा हुन लागेको नेपाल जेसीजको ५० औं महाधिवेशनबाट नेतृत्वका लागि कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्ष पदमा मकवानपुरबाट तीनजनाले उम्मेदवारी दिएका हुन् ।

ADVERTISEMENT

कार्यकारिणी उपाध्यक्षमा दुई र उपाध्यक्ष पदमा एकजनाको उम्मेदवारी परेको हो । नेपाल जेसीजको हालका उपाध्यक्षद्वय सरोज अधिकारी र तेजप्रसाद उप्रेती रमेशले कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने पालुङ जेसीजका अध्यक्ष संगम कार्कीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । अधिकारी बसामाडी जेसीजको २०१९ का अध्यक्ष हुन् भने उप्रेती बस्तीपुर जेसीजको २०२२ का अध्यक्ष हुन् ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सकृय नेपालका १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको संस्था नेपाल जेसीजको विधान अनुसार एक वर्षका लागि एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । तीनै उम्मेदवारले शाखा र नेपाल जेसीजको बीचमा पुलको काम गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा काम गर्ने योजना रहेको बताएका छन् ।

नेतृत्वका लागि अध्यक्ष पदमा ५ जना, कार्यकारिणी उपाध्यक्ष पदमा १३ जना र उपाध्यक्ष पदमा २२ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा मनोहरा जेसीजका रजनी थापा, देवदह जेसीजका विजय गुरुङ, भक्तपुर लेडी जेसीजका रश्मी शिल्पाकार, नुवाकोट जेसीजका रविन पोखरेल र कर्णाली जेसीजका अनिलबहादुर शाहीले उम्मेदवारी दिएका छन् । बुटवल जेसीजको आतिथ्यतामा मंसिर २९ देखि पुष २ गतेसम्म नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशन हुँदैछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *