बसामाडिको खानेपानी आयोजना बोर्डमा हस्तान्तरण

हेटौंडा– हेटौंडा उपमहानगरपालिकाले निःशुल्क खानेपानी व्यवस्थापन गर्दै आएकोे सुविधाबाट हेटौंडा–३ बसामाडिमा जनता लाभाम्बित हुने भएका छन् ।

ADVERTISEMENT

मंगलबार मिलनटोल बिकास संस्थाको व्यवस्थापनमा सञ्चालन हुँदै आएको खानेपानी आयोजना हेटौंडा खानेपानी बोर्डमा हस्तान्तरण भएसँगै स्थानियले न्यूनतम शुल्कमा खानेपानीको उपभोग गर्न पाउँने भएका हुन् ।

खानेपानी आयोजना हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको बिशेष आतिथ्यतामा भएको थियो । टोल बिकास सस्थाका अध्यक्ष धनबहादुर घलानले बोर्डका अध्यक्ष प्रताप बिष्ट र कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरे ।

ADVERTISEMENT

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख लामाले पानीको श्रोत व्यवस्थापनमा ध्यान दिने समय आएको बताइन् । जमिन मुनि रहेको पानी बोरिङ गरेर निकाल्ने भन्दा पनि बगिरहेको मुलको पानी खोज्ने समय आएको उनको भनाई थियो । अहिले सम्म करिब २४ हजार घरधुरीका उपमहानगरवासीलाई निःशुल्क खानेपानीको व्यवस्थापन गरीरहेको भन्दै नगरको समानुपातीक बिकासको अवधारणामा अघि बढिरहेको बताइन् ।

कार्यक्रममा उपप्रमुख बानियाँले नगरको बिकास मुख्य काम रहेको भन्दै जनतामाझ गरेको प्रतिबद्धता कार्यान्वयनमा अघि बढिरहेको बताए । उनले नगरमा खानेपानीको व्यवस्थापनमा कुनै समस्या नहुँने भन्दै समस्या समाधान गर्न हामी प्रतिवद्ध रहेको बताए । टोल बिकास सस्थाका अध्यक्ष घलानको अध्यक्षतामा भएको हेटौंडा– ३ का वडा अध्यक्ष ढलकबहादुर थापा,

ADVERTISEMENT

पुर्व वडा अध्यक्ष राकुमार पुडासैनी, पुर्व जनप्रतिनिधी कुमारसिंह लामा, टोल बिकास सस्था वडा समन्वय समितिका अध्यक्ष रोशन गोले लगाएकाले मन्तव्य व्यक्त गरेका थिए ।

१४० धारा रहेको टोलमा खानेपानीको व्यवस्थापनमा समस्या रहँदा पानीको उपभोगमा समस्या रहँदै आएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya