दुग्ध प्रशोधन परियोजनाको सार्वजनिक परीक्षण

हेटौंडा, १४ भदौ/मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.ले निर्माण गरेको दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) को सार्वजनिक परीक्षण मंगलबार परियोजना स्थल भीमफेदी गाउँपालिका वडा नं. १ बुङदलमा सम्पन्न भएको छ ।

ADVERTISEMENT

निकट भविश्यमा सञ्चालनको तयारीमा रहेको उद्योगमा बागमती प्रदेश सरकार, सहकारी बजार विकास कार्यक्रम(सिएमडिपी) र जिल्ला दुग्ध सहकारी संघ लि.को संयुक्त लगानी रहेको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष बासुदेब अधिकारीले बताए ।

उद्योग स्थापनाको लागि हालसम्म ४ करोड ६९ लाख २८ हजार ८७८ रुपैयाँ बराबरको आम्दानी तथा खर्च भएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.का ब्यवस्थापक कुमारमणी दाहालले बताए । संघका ब्यवस्थापक दाहालका अनुसार उद्योगमा १ करोड ४३ लाख को इबिडिङबाट मेसिनरी उपकरण खरिद भएको जस अन्तरगत बागमती प्रदेश सरकारबाट अनुदान बापत ५६ लाख ३४ हजार २०० रुपैंया प्राप्त भएको र ८६ लाख ६५ हजार ८०० रुपैंया संघको लगानी रहेको छ ।
त्यस्तै भौतिक पूर्वाधार निर्माण तर्फ २ करोड ४५ लाख ३७ हजार ७२३ रुपैंया खर्च भएकोमा लागत साझेदारी कार्यक्रम अन्तरगत सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी)बाट १ करोड ७४ लाख २० हजार ४२९ रुपैंया १४ पैसा र सहकारी संघको तर्फबाट ७१ लाख १७ हजार २९३ रुपैंया ८६ पैसा खर्च भएको छ ।

ADVERTISEMENT

उद्योग निर्माणका लागि जिल्ला दुग्ध सहकारी संघले ८० लाख ९१ हजार १५५ रुपैंयामा जग्गा खरिद गरेको थियो । सार्वजनिक परीक्षण कार्यक्रममा बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देबकोटाले उद्योग सञ्चालनको निमित्त चुनौती भएको भन्दै छिट्टै प्रभावकारी रुपले उद्योग सञ्चालन गर्न संघलाई निर्देशन दिएका थिए । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा निर्माण उप–समिति संयोजक बासुदेब अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक परीक्षण कार्यक्रममा मकवानपुरगढी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेश दाहाल, संघका सल्लाहकार खिल प्रसाद चौलागाई, सञ्चालकहरु ईन्द्रबहादुर बस्नेत, हरि प्रसाद कडेल, साबित्री देबी तिमल्सिना, होमनाथ पुडासैनी, कृष्ण प्रसाद घिमिरे, सुदिप अर्याल, संघका लेखा समिति संयोजक ईन्द्र प्रसाद खतिवडा, सदस्य रमेश बर्तौला, पत्रकार महासंघ मकवानपुर शाखाका उपाध्यक्ष ध्रुब अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya