हेटौंडा, बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठले काठमाडौं र ललितपुर जिल्लामा सन्चालन भएका योजनाहरूको अवलोकन तथा निरिक्षण गरेका छन् ।
मन्त्री श्रेष्ठले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका-१४ नैकापमा निर्माणाधीन बल्खु नदिले कटान गरेको जमिन संरक्षण र नैकाप फुटबल चौर संरक्षण गर्न संचालित योजनाको निरिक्षण गरेका हुन् । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय काठमाडौंबाट संचालित योजनाको करिव ९० प्रतिशत काम सम्पन्न भएको डिभिजन प्रमुख राजकुमार तण्डुकारले जानकारी गराए । ५०र५० लाखको बजेटमा निर्माण भएको हो । बल्खु खोलाको कटानका कारण खेतीयोग्य जमिन बर्सेनि क्षयिकरण हुने समस्याबाट पीडित भएको बताउदै १४ नम्बरका वडा अध्यक्ष राजभाई महर्जनले आगामी बर्ष यसै योजनालाई निरन्तरताको लागि आग्रह गरे । मन्त्री श्रेष्ठले संघीय सरकारको बजेटबाट काम भएको बताउदै आगामी बर्षको बजेटमा निरन्तरता दिन पहल गर्ने बताए ।
यस्तै मन्त्री श्रेष्ठले ललितपुर जिल्लाको गोदावरी नगरपालिका १३ मा रहेको झरुवारासी आरुबोट खानेपानी योजना, वडा नम्बर १० को बज्रबाराही लादेन खानेपानी आयोजना र ललितपुर महानगरपालिका-२२ बुङ्गमती खानेपानी योजनाको निरीक्षण गरे ।
बागमती प्रदेश खानेपानी उर्जा तथा सिंचाइ मन्त्रालयको १५ लाख बजेटमा निर्माण थालिएको झरुवारासी आरुबोट डिपबोरिङ्ग खानेपानी योजनाको निर्माण सम्पन्न हुदा लागत बढेर ४४ लाख पुगेको खानेपानी तथा सरसफाइ डिभिजन(५ का प्रमुख लोक बहादुर चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार २७० मिटर गहिरो बोरिङ्ग पछि अहिले प्रतिसेकेन्ड १२ लिटर पानी उत्पादन हुनेछ । डिपबोरिङ्गबाट उत्पादन भएको पानीलाई आगामी बर्ष ५सय घनमिटरको ट्याङ्की निर्माण गरि गोदावरी१३ मा वितरण गरिने योजना बनाएको चौलागाईंले बताए।
यस्तै वडा नम्बर १० को खानेपानी योजना बिधुतको कारण समस्या झेल्नुपरेको स्थानियले बताएका छन् । खानेपानीको लागि उपभोक्ता समितिमार्फत पोल गाड्ने र तार बिछ्याउने काम सम्पन्न भएपनी बिधुत प्राधिकरणले लाईन नजोडिदिदा समस्या भएको उनीहरुले बताए । यसैगरी ललितपुर महानगरपालिका-२२ बुङ्ग्मती खानेपानी आयोजनाको लागि महानगरबाट २ वटा डिपिआर भएको बताउदै वडाध्यक्ष सागर तुलाधरले आगामी बर्ष बजेट विनियोजनको लागि मन्त्री श्रेष्ठ समक्ष आग्रह गरे ।
योजनाहरुको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले जनताले शुद्ध र सहज रुपमा खानेपानी प्राप्त गर्ने कुरामा गम्भीर रहेको बताए । योजना निर्माण सम्पन्न भएरपनी कुनै कारणबाट संचालना आउन सकेको छैन भने कहाँ समस्या छ तुरुन्तै मन्त्रालमा रिपोर्टिङ गर्न सम्बन्धित डिभिजन प्रमुखहरुलाई निर्देशन दिए । मन्त्रालयबाट संचालित कुनैपनी योजनामा ढिलासुस्ती हुन नदिन र समयमै योजनाहरु सप्पन्न गराउन डिभिजन कार्यालयले निगरानी बढाउन समेत आग्रह गरे ।
यस्तै खानेपानी तथा सिंचाइ डिभिजन प्रमुखहरुलाई सम्बन्धित क्षेत्रका आवस्यकताका आधारमा आगामी बर्षकोलागी योजनाहरु संकलन र मन्त्रालयमा सिफारिस गर्न समेत आग्रह गरे । योजना निरिक्षणमा प्रदेश सभा सदस्य प्रेम भक्त महर्जन, खानेपानी तथा सरसफाई डिभिजन न ५ का डिभिजन प्रमुख लोक बहादुर चौलागाई, जलस्रोत तथा सिंचाइ डिभिजन ललितपुरका डिभिजन प्रमुख मनोज थापा, उपभोक्ता समितिका पदाधिकारी, इन्जिनियर र कर्मचारीहरुको सहभागी रहेको थियो ।
ADVERTISEMENT