हेटौंडा, हेटौंडा–१६ मा रहेको रेडरोज इङ्लिस विद्यालयको आयोजनामा तिहार विशेषका अवसरमा शुक्रबार सांस्कृतिक कार्यक्रम भएको छ ।
देउसी, भैलो, नाचगान, शुभकामना आदान प्रदान गर्दै कार्यक्रम गरिएको हो । बिद्यालयले नेपाली संस्कृतिको जगेर्ना गर्ने, बालबालिकालाई संस्कृतिको बारेमा जानकारी गराउने उदेस्यले कार्यक्रम गरिएको हो ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मदन कुमार दाहालको अध्यक्षता तथा हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइलाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा रेडक्रस उपसाखा हटियाका सभापति राजकुमार वास्तोला, बिद्यालयका प्रिन्सीपल सरिता भण्डारी लगायतकाको आतिथ्यता रहेको थियो ।







