लागूऔषधसहित तीन जनालाई पक्राउ

मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध खैरो हिरोईन र नाईट्रोभेटसहित विभिन्न मितिमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौंडा–५ शान्तिनगर बस्ने १९ वर्षीय युवराज चौलागाई र बकैया गाउँपालिका वडा नम्वर ४ छतिवन घर भई हाल हेटौंडा–११ थानाभर्यााङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले गत शुक्रबार हेटौंडा–१५ पिपलबोटस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १४ प ३१६४ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा हेटौंडा–११ बस्ने सविन पहाडीले लुकाई छिपाई ल्याएको लागूऔषध खैरोहिरोइन ५ ग्राम बरामद भएपछि निजलाई मोटसाइकलसहित नियन्त्रणमा लिएको हो ।

यस्तै, शनिबार साँझ हेटौंडा–४ पारिजातपथस्थित पैदल हिडिरहेका हेटौंडा–५ शान्तिनगर बस्ने युवराज चौलागाईलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाईन्टको खल्तीमा लुकाई छिपाई ल्याएको लागूऔषध नाईट्रोभ्याट ४५ ट्याबलेट बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसैगरी, शनिबार नै हटौंडा– १० बसपार्कमा शंकास्पद अवस्था बसिरहेका बकैया–४ का लक्ष्मण घलानको झोला चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लगाूऔषध नुफिन १०० एम्पुल, डाइजेपाम १०० एम्पुल, फेनारगन १०० एम्पुल र नाईट्रोभेट १०५ वटा ट्याबलेट बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *