हेटौंडा, पाखामा लगाएको डँडेलोका कारण घर गुमाएको परिवारलाई भेट्न हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहेपनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौंडा–१८ सुकौंरामा नगर प्रमुख राहत सामग्री सहित पुगेकी हुन् ।
सनिवार दिउँसो घर नजिकैको पाखो डाँडामा लागेको डँडेलो हावाका कारण गोठमा सल्केको र पछि घरमा सल्कदा सुकौंरामा बसोबास गर्दै आएका मदनकुमार तामाङ बलको घरगोठ नष्ट भएको थियो । चार सन्तानका बाबु रहेका तामाङ एक छोरा सहित गोठालो गएको र उनको श्रीमति मेलामा गएको समयमा लागेको आगोले उनको घरगोठ सहित खाध्यान्ह र लत्ताकपडा जलेर नष्ट भएको थियो ।
घरमा कोहि नभएको र गोठमा बस्तुभाउ नभएका कारण ठुलो क्षेती हुन पाएन आइतबार घरमै पुगेकी नगर प्रमुख लामालाई उनले सुनाए । परिवारको कुनै सदस्य घरमा थिएनौं, गाउँलेले निभाउने प्रयास गरेपनि नसकेको उनले बताए । एक रात जलेको घर ननिकै रहेको छिमेकीको घरमा सहारा लिएर बसेको भन्दै गाउँ सम्म समस्या बुझन आएकोमा उनले धन्यवाद दिए ।
पिडितको घरमा पुगेकी नगप्रमुख लामाले घर निर्माणको लागि नगप्रहरीले सहयोग गर्ने बताउँदै अहिलेका लागि दैनिक गुजाराको र बसोबासका लागि आवश्यक सामग्री ल्याएको र अन्य सहयोग आवश्यक भए उपमहानगरले सम्बोधन गर्ने बताइन् ।
उपमहानगरबाट सिरक, डस्ना, खाध्यान्ह, आवश्यक भाडाकुडाँ, त्रिपाल सहितको सामग्री पिडित तामाङको परिवारलाई हस्तान्तरण गरिएको छ । यस्तै घर निर्माणका लागि जस्तापाता पनि दिइएको उपमहानगरपालिकाले जनाएको छ ।






