आत्मिक सभासहितको जिल्ला भेला

हेटौंडा, एन.सि.एफ.नेपाल जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा आत्मिक सभा सहितको जिल्ला भेला सम्पन्न भएको छ । समितिका अध्यक्ष पास्टर सुर्य बहादुर पाख्रिनको सभाध्यक्षता तथा एन.सि.एफ. नेपालका अध्यक्ष रेभरेण्ड पास्टर हनोक तामाङको प्रमुख आतिथ्यता रहेको थियो । एन.सि.एफ.नेपालका सचिव बीर बहादुर घलानले आत्माको संगती आजको आवश्यकता रहेको बताए ।

ADVERTISEMENT

नेपाल ख्रिष्ट्रियन महासंघका उपाध्यक्ष मोम लाल दोङले मण्डलीमा भएको बरदान समुदायमा लैजानु आवश्यक रहेको बताए । बागमती प्रदेश अध्यक्ष तारा सिं गुरुङले मण्डली भनेको एन.सि.एफ.हो सबैको दुःख सुःखको साथी भन्दै ईसाईहरुका हकअधिकार खोज्न र समस्याहरुको समाधान गर्न एन.सि.एफ लागि परिरहेको विश्वास दिलाउदै ख्रिष्टको राज्य विस्तारमा सबै लाग्न अनुरोध गरे ।

ईसाई समाज नेपाल मकवानुरकी अध्यक्ष निमटोल्मा आचार्यले नेतृत्व हस्तान्तरण गर्ने परिपाटी बसाल्नु पर्नेमा जोड दिइन् । नेपाल ख्रिष्ट्रियन महासंघ मकवानपुरका अध्यक्ष पास्टर नवराज घलानले कार्यक्रमले पास्टर अगुवामा आत्मिक जागृति बृद्धि भएको बताए । कार्यक्रममा मकवानपुरका करिब ३ सय पास्टर अगुवाहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *