उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हेटौँडा–१८ को सम्मान

हेटौँडा, हेटौंडा उपमहानगरपालिका १८ नं. वडा कार्यालयले २०८२ सालको एसईईमा उत्कृष्ट अंक ल्याउने वडाभित्रका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । बुधवार वडाको शिक्षा समितिद्धारा आयोजित कार्यक्रममा दुई सामुदायिक विद्यालय र एक नीजि विद्यालयका गरी जम्मा २४ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

ADVERTISEMENT

एसईईमा ए प्लस ग्रेड ल्याउने विद्यार्थीहरुमध्ये ज्योति माविका प्रतिष्ठा श्रेष्ठ, निर्जन दुलाल, युनिषा खड्का र शुभम दाहाल, गोरक्षनाथ माविका अमृत पौडेल, मकवानपुर बाल विद्या सदनका आयुष गोपाली, अंकिता गिरी, प्रिन्शा कार्की र पुनम थापालाई जनही ५/५ हजार नगदसहित प्रमाणपत्रद्धारा सम्मान गरिएको हो । यसैगरी ए ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुमध्ये ज्योति माविका बुनिका पाख्रिन, संयोगी भुलुन, रोहित घर्तिमगर, जिसिका पौडेल, रिजन भण्डारी र जुनु केसी, गोरक्षनाथ माविका सुदिप तामाङ र मकवानपुर बाल विद्या सदनका अविरल गोले, एलिसा बानियाँ, प्रिन्स राउत, पुष्प न्यौपाने, रिजु कार्की, तेज बहादुर विश्वकर्मा र आरुष महत जनही ३ हजार ५ सय नगदसहित प्रमाणपत्रद्धारा सम्मानित भएका हुन् ।

वडा नं. १८ ले यसवर्षको एसईई परीक्षामा आ–आफ्‌नो विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल विषयगत शिक्षकहरुलाई पनि नगदसहित सम्मान गरिएको छ । सम्मानित हुने शिक्षकहरुमा ज्योति माविका रत्नलाल कंडेल (नेपाली), जानकी तिमल्सिना (कम्प्युटर), रेखाचन्द शर्मा साह (अंग्रेजी) यसैगरी गोरक्षनाथ माविका मिना श्रेष्ठ थापा (सामाजिक), सन्तोष साह कानु (ऐ.गणित), मकवानपुर बाल विद्या सदनबाट रवि वर्नबाल (विज्ञान), गोपाल घिमिरे (गणित), सिर्जना थापा मगर (अंग्रेजी र वातावरण विज्ञान), सरोज दाहाल (नेपाली) र छविलाल श्रेष्ठ (सामाजिक) लाई पनि नगदसहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं १८ नम्बरका वडा अध्यक्ष अनिल कुमार बानियाँले ज्योति माविमा शैक्षिक सत्र २०८३ को कक्षा ११ मा जुनसुकै विषय लिएर पढ्न चाहने विद्यार्थीहरुलाई कार्यालयले निशुल्क पठनपाठनको व्यवस्था गरिने बताउनुभयो । उहाँले एसईईमा गतवर्षको तुलनामा यसवर्ष केहि प्रगति भएको र आगामी दिनहरुमा अझै शतप्रतिशत नजिता हासिल गर्नको लागि सबै पक्षले आजैबाट भरपुर तयारी गर्नतर्फ लाग्न सुझाब समेत दिनुभयो । यसवर्ष ज्योति माविबाट ६२ जना, गोरक्षनाथ माविबाट १५ जना र मकवानपुर बाल बिद्या सदनबाट १७ जना गरी जम्मा ९४ जना विद्यार्थीहरु एसईईमा सहभागी भएका थिए । जसमा ज्योतिबाट ६६.१३, गोरक्षनाथबाट ४६.६७ र मकवानपुर बाल विद्याबाट ९४.१२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् ।

कार्यक्रममा बोल्दै मकवानपुर बाल विद्या सदनका प्रधानाध्यापक सुदिप राज गिरीले गतवर्ष सानो हलमा कार्यक्रम भएकोमा आज ठूलो हलभित्र सम्मान कार्यक्रम गरिनु हामी सबैको लागि गौरबको विषय भएको बताउनुभयो । कार्यक्रमको अध्यक्ष एवं वडा सदस्य योगराज खतिवडाले यसै वडामा उपलब्ध कक्षा ११ को विषय अन्य कलेजमा गएर अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनको सिफारिस तथा नि:शुल्क बस सेवा उपलब्ध नगराईने जानकारी दिनुभयो । उहाँले निशुल्क अध्ययनका लागि वडाबाट सहयोग गरिने भएकाले सकेसम्म यहि नै अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

१८ नं. वडाको शिक्षा समितिले हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गर्दै आईरहेको छ । कार्यक्रममा शिक्षा समितिका सदस्यहरु, विद्यालयका शिक्षक, सम्मानित हुने विद्यार्थीका अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya