अन्तर विद्यालय हिज्जे प्रतियोगितामा ब्रम्हदिक प्रथम

हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयद्वारा आयोजना गरिएको ४ नम्बर वडास्तरीय अन्तर विद्यालय नेपाली हिज्जे प्रतियोगितामा ब्रम्हदिक एकेडेमी विद्यालय प्रथम भएको छ ।

ADVERTISEMENT

नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा ४ नम्वर वडामा रहेका ६ वटा विद्यालयले सहभागिता जनाएका थिए । ब्रम्हदिक एकेडेमीबाट कक्षा ८ की सदीक्षा घलान, कक्षा ७ का स्पन्दन अधिकारी र कक्षा ६ का विजयभूषण दहाल रहेका थिए । प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय दोस्रो भएको छ । नवोदयबाट कक्षा ९ की आर्शिया बर्तौला, कक्षा ८ की अमिषा महतो र कक्षा ८ की आशी बानियाँ रहेका थिए । प्रतियोगितामा सत्यम जेभियर्स माध्यमिक विद्यालय तेसो भएको छ । सत्यमबाट कक्षा १० की सजिता के.सी., १० की सविस्ना श्रेष्ठ र कक्षा ८ की कन्चन लामा रहेका थिए ।

प्रतियोगितामा श्यामकुमार बानियाँ र सिएम रिमालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा हेटाँैडा उपमहानगरपालिका ४ नम्वर वडा सदस्य गिता त्रिपाठी, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा ४ का संयोजक श्रीराम दाहाललगायतको आतिथ्य रहेको थियो । हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयले तेस्रो खेलकुद महोत्सव अन्तर्गत विविध प्रतियोगिता गर्दै आइरहेको छ । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई फाल्गुन ७ गते एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरिने वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *