एलिटका विद्यार्थीले विदेशी शिक्षकसँग अन्तरक्रिया

सर्लाही, सर्लाही ,कर्मैया रहेको एलाइट इङ्लिस बोडिङ स्कुलका विद्यार्थीले विदेशी शिक्षकहरुसँग अन्तरक्रिया गरेका छन्।

ADVERTISEMENT

विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। ग्रीस ,यूके , रसिया, भियतनाम इन्डोनेसिया लगायतका देशका शिक्षकहरू र विद्यार्थीहरुसँग एलिट विद्यालयका कक्षा ५ देखि १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले सामाजिक,आर्थिक,शैक्षिक गतिविधि सम्बन्धी विभिन्न बिषयबस्तुमा अन्तरक्रिया गरेका थिए।

उक्त कार्यक्रमको प्रशिक्षक विवस जंग थापाले सहजिकरण गरेका थिए भने कार्यक्रमको समन्वय विद्यालयको सहायक प्रध्यानाध्यापक पदम दहालले गरेका थिए।विद्यालयले विभिन्न बिषयबस्तुमा विद्यार्थीलाई सहजीकरण गर्दै आएको र अहिलेको प्रविधिको युगमा, ग्लोबल भिलेजको अवधारण अनुसार निरन्तरता समेत दिने सहायक प्रध्यानाध्यापक पदम दहालले जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *