हेटौंडा, हेटौंडा–४ मा रहेको श्रीमित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी १ करोड ४३ लाख ७३ हजार रुपैयाँ रहेको छ । १ हजार १५ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पुँजी गतवर्षको तुलनामा ५ दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सहकारीको शेयर पुँजी १ करोड ३६ लाख २ हजार ३ सय रुपैयाँ रहेको थियो । शनिबार भएको संस्थाको २४ औँ वार्षिक साधारणसभामाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष भोलाप्रसाद शर्मा खरेलले सहकारीको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराएका थिए ।
संस्थाको अध्यक्ष भोलाप्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक कृष्णप्रसाद नेपाल र मुहुर्तकुमार कुमार पाठक, असल बचतकर्तामा धनलक्ष्मी श्रेष्ठ र विष्णु माया राई, असल ऋणीमा विष्णुप्रसाद कोईराला र मुना साह बानियाँ, उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीमा सृष्टि महर्जन, अंशु शिवाकोटी, आयूषा शिवाकोटी, ईमिशा कार्की, प्रान्जल उपाध्याय, शिवराम मैनाली, सुशान्त पौडेल र अनु ब्लोनलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।






